जनकपुरधाम । जनकपुरधाम-जयनगर चल्ने रेलले किच्दा एक जनाको मृत्यु भएको छ ।
देउरी परवाहा स्टेशन नजिकै सोमबार बिहान ९ः४० बजे रेलले किच्दा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाकाअनुसार मृतकको पहिचान हुन सकेको छैन ।
कानमा इयरफोन लगाएर लिकमा हिँडिरहेका बेलामा सो व्यक्तिलाई रेलले ठक्कर दिएको थियो । पटक-पटक हर्न बजाए पनि उक्त व्यक्तिले नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।