जनकपुर बिग मार्टमा आगलागी

जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा मध्यराति सबा १ बजे अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाँले जानकारी दिएको छ।

उनका अनुसार आगलागी नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केवरको बारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिन प्रयास गरिँदै छ । 

EPIC EPIC EPIC EPIC EPIC

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ ।  मानवीय क्षति भएको छैन । यद्यपि आगलागी नियन्त्रणमा नआएकोले क्षतिको विवरण यकिन हुन नसकेको डिएसपी अवाँले बताए ।

आगलागी भएको मार्ट रामबाबु रायले सञ्चालन गरेका थिए । मार्टको दोस्रो तल्लामा बसिरहेका राय दम्पतीले आगलागी भएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *