जनताको पक्षमा संविधान संशोधन हुनुपर्छः कृष्ण सिटौला

झापा। कांग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन्। झापाको कचनकवलमा बुधबार आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियानलाई सम्बोधन गर्दै नेता सिटौलाले कुन कुन सरकारलाई कहाँ कहाँ काम गर्न समस्या भयो ती समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्ने बताए।

EPIC

उनले भने,  ‘संविधान संशोधन भनेर मात्र हुँदैन। विषय पहिचान गर्नुपर्छ।’ जनताका तमाम समस्यहरूको समाधान गर्न तत्पर रहन काँग्रेसबाट बनेका प्रदेश तथा संघीय सरकारका मन्त्रीहरूलाई उनले आग्रह गरे।

EPIC EPIC EPIC

उनले एमालेको नेतृत्वमा सरकार रहे पनि देशको मूल राजनीतिमा काँग्रेस अग्रस्थानमा रहेको दाबी गरे। जागरण अभियानका क्रममा गाउँगाउँ गएर जनताका समस्या बुझ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *