पालिका सन्देश । जनता मावि हाङ्देवामा एन्सिसि तालिम सम्पन्न गरि एक भव्य समारोह बिच बाँकी एक्काइस दिने थप तालिमको निमित्त पूर्व क्षेत्रीय शिक्षा तथा तालिम केन्द्र याङ्सिला मोरङको लागि विद्यालयले बिदाई गर्यो।
गत साउन १ देखि सुरु भएको उक्त तालिममा विद्यालयको १८ छात्र १८ छात्राले सहभागिता जनाएका छन्।राज्यको प्रतेक स्थानीय निकायबाट न्युनतम सय विद्यार्थी सहभागी गराउने लक्ष्य अनुसार हरेक विद्यार्थी बराबर करिब पचास हजार रुपैयाँ लगानी गरेको कुरा एनसिसी श्रोतको दाबी छ।
उक्त समारोहमा फुङलिङ ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ्को अध्यक्षता प्रमुख जिल्ला अधिकारि महेश कुमार पोखरेलको प्रमुख आतिथ्यता साथै विशेष अतिथिमा प्रहरी नायव उपरीक्षक कैलाश राई लगायत सशस्त्र प्रहरी नायव उपरीक्षक अनुसन्धान विभाग अधिकृत शिक्षा समन्वय एकाई प्रतिनिधि लगायत आम अभिभावकको भव्य उपस्थितिमा तालिम सम्पन्न र बिदाई कार्यक्रम समापन भयो।कार्यक्रम उदघोषणमा शिक्षक रमेश अधिकारी स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रधानाध्यापक शरद निरौलाद्वारा प्रस्तुत गरिएको कार्यक्रममा मन्तव्यमा युवराज गिरि, रमेश अधिकारी ,प्रमुख जिल्ला अधिकारी र वडा अध्यक्षले क्रमश प्रस्तुत गरेका थिए।
कार्यक्रमकै बिचमा ताप्लेजुङमा विगतदेखि, एनसिसी, राष्ट्रिय सेवा दलको सन्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गरेबापत लिटल एन्जेलका संचालक तथा फाउन्डर प्रीन्सिपल युवराज गिरिलाई प्रमुख अतिथिबाट सम्मान पत्र प्रदान गरी नेपाली सेना भिमकालि गुल्मले सम्मान अर्पण समेत गरेको छ।
पाँच महिना लामो समयसम्म बिहान बेलुका अटुट तालिम संचालन गरि योग्य राष्ट्रिय सेवा दल निर्माण गर्न अहम भुमिका निर्वाह गर्ने प्रशिक्षक त्रय जमदार घनस्याम थापा अमल्दार देव बहादुर बस्नेत र पिउट सुरेन्द्र बुढालाई सम्मान पत्र सहित सम्मान गरिएको छ। उक्त कार्यक्रममा विद्यार्थीहरु द्वारा ताप्लेजुङ भुगोल मोडेल प्रस्तुत कवाज ड्रील आत्मरक्षा तेक्वान्दो एरोविक डान्स र अन्य सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरियो।
मङ्सिर १८ देखि पुस ४ सम्म याङ्सिलामा प्रदेश १ र २ का जम्मा ५४० विद्यार्थीहरु ३ कम्पनिमा बाँडिएर आफ्नो कला सीप नृत्य क्षमता प्रस्तुत गर्नेछन् ।विद्यार्थीका साथ विद्यालयका शिक्षक र अभिभावक समेत जान सक्ने खान कार्यक्रम अवलोकन गर्न सक्नेछन् ।तर अभिभावकले वासको ब्यवस्था भने क्याम्प बाहिर आफै गर्नु पर्ने छ।
यो तालिमले उत्कृष्ट भै छनौट भएमा नृत्य, पब्लिक स्पिच ,मोडल स्पीचमा उत्कृष्ट छात्र छात्रालाई सम्मान र पदक प्रदान गरिनेछ।त्यसरी नै प्लाटुन जुनियर अफिसरPGU,सिनिएर अन्डर अफिसर SUD,कम्पनी जुनिएर अन्डर अफिसर CGUO मा प्रथम स्थान हासिल गरेमा अन्तर्राष्ट्रिय तालिमको लागि युथ एक्सचेञ्ज प्रोग्राममा सहभागी हुन छनौट समेत हुनेछन् स्रोत्तको दाबी छ। यो कार्यक्रमले विद्यार्थीहरुमा अनुसाशन क्षमता सीप विकास आत्मबल सामुहिकताको भावना र राष्ट्रप्रतिको गहिरो प्रेम निर्माण हुने कुरा वक्ताहरुले मन्तव्यको क्रममा व्यक्त गरे।




















