‘जनयुद्ध’ सम्झिँदै प्रचण्डले भने- ‘समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर अझै जिवित छ’

काठमाडौं, फागुन १। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अहिले शान्तिपूर्ण क्रान्तिको मोर्चामा रहेको बताएका छन् । ‘जनयुद्ध’को ३०औँ वार्षिकीका अवसरमा बिहीबार भिडिओ सन्देशमार्फत् शुभकामना दिँदै उनले समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर आफूहरूसामु अझै रहेको बताएका हुन्।

‘ जनयुद्ध नभएको भए हामी कहाँ हुन्थियौँ त भन्ने कुरा बुझ्न जरुरी छ । जनयुद्ध नभएको भए अहिले पनि देशमा सामाजिक शोषण हुने थियो,’ उनले भनेका छन्, ‘यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसका वरिपरि घुम्ने सामन्ती शोषकहरूले जनताको फैसला गर्थे । दलित, महिला आदिवासी, मधेशी, मुस्लिम, थारू, जनजातिलगायत वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा यथास्थितिमा नै टालटुट सुधार गरेर समाजको आमुल परिवर्तन सम्भव थिएन । र, यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रुपमा प्रकट भएको हो ।’

EPIC EPIC EPIC EPIC EPIC

जनताको यो स्तरको प्रतिरोध नगरेको भए अहिले पनि सामन्ती शोषण कायम भएको हुने प्रचण्डको दाबी छ । ‘अहिले जनताले चुनिएका प्रतिनिधिबाट संविधान बनेको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कायम भएको छ,’ जनयुद्धका उपलब्धि के–के भए भन्नेबारे व्याख्या गर्दै उनले भनेका छन्, ‘यो पक्रियामा कतिपय कमी भए तर नियतमा खोट थिएन । अग्रगमनका पक्षमा निारन्तर लागिरह्यौ । कमजोरीको समीक्षा गर्दै अघि बढिरहेका छौं । व्यवस्था बदलियो अब अवस्था बदल्ने कार्यभार अझै बाँकी छ ।’

अध्यक्ष प्रचण्डको नेतृत्वमा विसं २०५२ साल फागुन १ गते देशमा सशस्त्र संघर्ष सुरु भएको थियो । त्यसलाई माओवादी पृष्ठभूमिका दलहरूले ‘जनयुद्ध’का रुपमा मनाउने गरेका छन् ।(रिपोर्टर्स नेपालबाट साभार)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *