जन्मोत्सवमा फजुल खर्च नगर्न अन्तर्राष्ट्रिय भागवत कथा वाचिका राधिका दासीको आग्रह

झापा, बिर्तामोड – अन्तर्राष्ट्रिय भागवत कथा वाचिका भागवत मन्जरी राधिका दासीले जन्मोत्सवका अवसरमा फजुल खर्च नगर्न र समाजमा बढ्दै गइरहेको यस प्रवृत्तिको अन्त्य गर्न सबैलाई आग्रह गरेकी छिन्। झापाको कनकाई नगरपालिका–६, मनसापुरमा रहेको राधिका फाउण्डेसनको निर्माणाधीन सचिवालय भवनमा आफ्नो जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा उनले समाजमा फैलिँदै गएको फजुल खर्चको प्रवृत्तिले विकृति निम्त्याइरहेको उल्लेख गर्दै यसलाई रोक्न आवश्यक भएको बताइन्।

कार्यक्रममा राधिका दासीले जन्मोत्सवको नाममा केक काट्ने चलनको अन्त्य गर्नुपर्नेमा जोड दिइन्। उनले केक काटेर जन्मदिन मनाउने परिपाटीलाई त्यागेर राधिका फाउण्डेसनमा आश्रित १४ जना बालिकाहरूसँग आफ्नो जन्मदिनको खुशी साटासाट गर्न सबैलाई प्रेरित गरिन्।

EPIC EPIC EPIC

राधिका फाउण्डेसनले १४ जना बालिकाहरूलाई आवासीय सुविधा सहित निःशुल्क गुरुकुलीय पद्धतिमा संस्कृत शिक्षा प्रदान गर्दै आएको छ। राधिका दासीले फाउण्डेसनको उद्देश्य धर्म, संस्कृति, र नैतिक शिक्षाबाट कुशल र सबल नागरिक तयार पार्नु रहेको बताइन्। उनले यस सत्कर्ममा स्थानीय सरकार र नागरिक समाजको सहयोगको आवश्यकता रहेको पनि उल्लेख गरिन्।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले राधिका फाउण्डेसन भवन निर्माणका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा कनकाई–६ का निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद ओली, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई लगायतका विभिन्न अतिथिहरूले भागवत मन्जरी राधिका दासीलाई जन्मदिनको शुभकामना दिँदै आशिर्वाद प्रदान गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *