जब दिदीको अश्लील भिडियो बहिनीको हात लाग्यो…

काठमाडौं । अश्लील भिडियोको दुरुपयोग गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। रामेछाप घर भई काठमाडौंमा बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर घर भई बौद्ध बस्ने ३१ वर्षीय सरोज कटुवाल पक्राउ परेका हुन्। उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीलाई सामाजिक सञ्जाल म्यासेन्जरमार्फत् पठाएको पाइएको छ।

यस प्रकरणमा दुवैजना पीडित युवतीहरूले उजुरी दिएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो।

EPIC EPIC EPIC

पक्राउ परेकाध्ये भोजपुरका कटुवालले प्रेमिका रहेकी युवतीसँग सम्बन्धमा रहँदा भिडियो र तस्बिर सहमतिबिना खिचेको खुलेको छ। उनले ती अश्लील भिडियो र तस्बिरहरू पीडित युवतीकी बहिनीको फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको जाहेरी परेको थियो। काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *