जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन

जर्मनीका फुटबलर फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ। 

विश्व फुटबलका महान खेलाडीमध्ये एक बेकेनबाउरले खेलाडी र प्रशिक्षकको दुवै भूमिकामा फिफा विश्वकप जितेका छन्। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

फुटबल इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी तीन व्यक्तिमध्ये एक हुन्। उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए।

बेकेनबाउरले सन् १९६६ को विश्वकपमा २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधिसमेत पाएका थिए। उनले फिफा विश्वकप, युरोपियन कप तथा सन् १९७२ र १९७६ मा दुई बालोन डिसमेत जितेका छन्।

बेकेनबाउरले जर्मन क्लब बायर्न म्युनिखका लागि सन् १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *