‘जहाँ बोलाउँछ, त्यहीँ आउँछु’ भन्ने दुर्गा प्रसाईं कता छन्?

काठमाडौं।

शुक्रबार राजधानीमा भएको राजसंस्थाको पुनर्स्थापनासम्बन्धी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं हालसम्म अज्ञात छन्। प्रत्यक्षदर्शीका अनुसार, उनी तीनकुने क्षेत्रमा प्रदर्शनकारीलाई उक्साउँदै आफैंले गाडी चलाएर तीव्र गतिमा भागेका थिए। यद्यपि, सामाजिक सञ्जालमा उनले राति अबेरसम्म पोस्टहरू गरेका देखिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यसैबीच, आन्दोलन हिंसात्मक बनेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत केही नेताहरू पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको हो। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने उमेरका कारण घरमै नजरबन्द गरिएको बताइएको छ, भने समितिका प्रवक्ता स्वागत नेपाललाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको छ।

शुक्रबार रातिसम्म ५१ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सरकारका अनुसार, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र अराजक गतिविधिमा संलग्न सबैलाई कारबाही गरिनेछ। गृह मन्त्रालयले प्रसाईंलाई घटनाको प्रमुख योजनाकारका रूपमा हेरेको जनाएको छ।

तर, प्रहरी अधिकारीहरूका अनुसार प्रसाईं हाल भूमिगत भएका छन्। उनीविरुद्ध विभिन्न स्थानमा खोजी कार्य जारी राखिएको भए पनि शनिबार बिहानसम्म पत्ता लाग्न सकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।

प्रसाईंको भूमिकाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी स्रोतको दाबी छ। आन्दोलनको योजनाकार प्रसाईं नै हुन् भन्ने दाबी गरिएको भए पनि यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *