पालिका सन्देश । जागरण फाउण्डेशन पाँचथरको सँयोजनमा समाजसेवि तथा युवा व्यक्तित्वहरूबाट प्राप्त सहयोग रकमबाट फिदिम ७ रानिटार आधारभुत स्वास्थ्य केन्द्रमा कोभिडबाट बच्न सहजता होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका बिच फिदिम ७ का वडाअध्यक्ष तथा स्वास्थ्य केन्द्रका समिति अध्यक्ष गोपाल गुरूङको उपस्थितिमा सामाग्रि वितरण गरिएको हो । जागरण फाउण्डेशन पाँचथरका अध्यक्ष प्रदिप बाँस्कोटाका अनुसार अक्सिजन सिलिण्डर १ थान, अक्सिजन मास्क ३ वटा, अक्सिमिटर १ थान, ओटोस्कोप १ थान, ड्रेसिङ सेट १ थान, सेनिटाईजर ५ लिटर, मास्क सर्जिकल ८०० पिस, ईलेक्ट्रिक किट्लि १ थान, गिलास ६ थान, डस्टबिन ठुलोबाट १ थान लगायतका सामाग्रि हस्तान्तरण गरिएको छ ।
संंस्थाको अपिलमा रकम सहयोग गर्ने दाताहरूप्रति उच्च सम्मान सम्मान व्यक्त गर्दै आगामि दिनमा कोभिडबाट वच्न सक्दो सहयोग गर्ने र सरकारलाई विशेष स्वास्थ्य क्षेत्रमा कार्य गर्न बाँस्कोटाले अपिल गरे । कार्यक्रममा बोल्दै अतिथि गुरूङले फाउण्डेशनको उच्च प्रशंसा गरेका थिए ।