Search
Close this search box.
Search
Close this search box.

जागीरको प्रलोभन देखाई जबर्जस्ती करणी गर्ने वडाध्यक्ष पक्राउ

ओखलढुंगा। महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।

२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

EPIC

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *