बुद्धशान्ति । शान्ति आदर्श मावी शान्तिनगरको आयोजनामा ” कम्बल वितरण कार्यक्रम” सम्पन्न भएको छ।
बिर्तामोडका महाविर अग्रवालको सहयोगमा ५० थान कम्बल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल खतिवडाले जनाएका छन्।
कञ्चनजंघा एफ एमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीको संयोजन र जेष्ठ नागरिक जिल्ला संघ झापाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कम्बल हस्तान्तरण गर्दै महावीर अग्रवालले सबैको सहकार्यबाट काम भएको बताउदै आफू निरन्तर यस्ता सहयोगमा लागिरहने उल्लेख गरे।
![](http://palikasandesh.com/wp-content/uploads/2021/12/270083295_420080212998705_44603427705965170_n.jpg)
कार्यक्रममा ४६ जना विद्यार्थी र ४ जना अभिभावकलाई न्यानो कम्बल वितरण गरिएको हो।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति वडा नम्बर ६ का अध्यक्ष शम्भुप्रसाद पौडेल,जेष्ठ नागरिक जिल्ला संघ झापा अध्यक्ष हरि ओली, समाजसेवी लिना भण्डारी, पुर्व विद्यार्थी समाजका प्रमोद खतिवडा, विद्यार्थी, अभिभावक र स्थानीयको सहभागिता थियो।