बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–३ का प्रशान्त पोखरेल नेपालकै चर्चित गायन रियालिटी शो ‘मेरो भ्याइस युनिभर्स सिजन २ को प्रतिस्पर्धामा छन् । उनी प्रतिस्पर्धामा टप ७ मा पर्न सफल भएका छन् ।
उनले उत्कृष्ट प्रस्तुती दिएर आम दर्शकमाझ प्रिय बनेका छन् । कर्णप्रिय आवाजका कारण अडिशनबाट नै चर्चामा रहेका उनी अहिले भोटिङ राउण्डको चरणमा टप ७ बाट थप फाइनल प्रतिस्पर्धामा जान सबैसँग भोट मागीरहेका छन् ।
जादुमय आवाजका कारण सर्वप्रिय बनेका प्रशान्तलाई अब अत्याधिक भोटको खाँचो रहेकाले उनले अहिले आम देश बिदेशमा रहेका नेपालीहरु माझ आफुलाई भोट गरेर अगाडि बढाउन अनुरोध गरिरहेका छन् ।
पोखरेल झापाका साथै यस शो मा नेपालबाट प्रतिस्पर्धा गर्ने एक मात्र प्रतिस्प्रधि हुन्।
प्रशान्तलाइ भोट गर्न नेपालभित्र ररहने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गएर MVU टाइप गरेर एक स्पेस दिइ 08 लेखेर 37000 मा मेसेज गर्न सकिने छ भने देश तथा विदेशमा रहने दर्शक श्रोताहरुले MY INTRA APP मार्फत भोट गर्न सकिनेछ ।
उनले सवैको साथ, सहयोग र आशिर्वादले यहाँसम्म आएको बताउँदै देश तथा विदेशमा रहेका सवैलाई भोट गरिदिन आग्रह गरेका छन् ।