काठमाडौं : जापान सरकारले सात जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गर्दै आएका उनीहरूलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएको हो।
निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन्। उनीहरूलाई थाई एयरलाइन्सको विमानमार्फत नेपाल फर्काइएको हो।
‘जापानले यसै साता ७ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघनका कारण उनीहरूलाई फिर्ता पठाइएको हो हो।
गत वैशाख अन्तिम साता पनि जापानले दुई नेपालीलाई अध्यागमन नियम उल्लंघन गरेको भन्दै निष्कासन गरेको थियो।