बिर्तामोड । काठमाण्डौमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा पहिलो शाखा स्थापना गरेको छ । झापाबाट सो कन्सल्टेन्सी हुँदै जापान अध्ययन तथा श्रमको लागि जानेको संख्या उच्च भएपछि झापामा शाखा स्थापना गरेको सञ्चालक सुजन श्रेष्ठले जानकारी दिए ।
काठण्माडौको सामाखुशी मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले स्थापनाको तीन बर्षमा १५० जना बिद्यार्थीलाई अध्ययनको लागि जापान पठाइसकेको जनाएको छ । श्रेष्ठले आफनो कन्सलटेन्सीबाट गएका सबैसँग सम्पर्कमा रहेको बताउँदै १०० प्रतिशत नतिजा सफल भएको दावी गरेका छन् ।
कन्सल्टेन्सीले जापानकै बिभिन्न शहरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । यहाँबाट जाने बिद्यार्थीलाई आफनै रेष्टुरेन्टमा आंशिक रोजगार दिइनेसमेत बताइएको छ । यसका अतिरिक्त जापानको टोकियो, नागोया, फुजी मा रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ ।
कन्सलटेन्सीका बिर्तामोड शाखा प्रमुख प्रकाश बानियाँले चैत १५ गतेदेखि दक्ष प्रशिक्षकको सहजीकरणमा पठन(पाठन सुरु गर्ने बताए । त्यसका लागि बिद्यार्थीले नाम दर्ता गर्न सुरु गरेको उनको भनाई छ ।
शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार रोशन अधिकाारी, सञ्चालकहरु श्रीकृष्ण श्रेष्ठ तथा सुशील डंगोलको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा सञ्चालक तिलक योञ्जनले गरेका थिए ।



















