Search
Close this search box.
Search
Close this search box.

जामुनखाडीमा आधुनिक वातावरण मैत्री प्राणी उद्धार केन्द्र स्थापना

सुरुङ्गा। घाइते र अलपत्र परेका वन्यजन्तु राख्नका लागि झापाको जामुनखाडी सामुदायिक वनले आधुनिक र प्राकृतिक वातावरणमैत्री प्राणी उद्धार केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र सामुदायिक वनको दुई करोड रुपैयाँभन्दा धेरैको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गर्न समेत थालिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिनुभयो ।

EPIC

कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । उहाँले सामुदायिक वनले पर्या–पर्यटन शुरु गरेदेखि पाल्न शुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न ठाउँबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताउनुभयो ।

‘नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन’, सिटौलाले भन्नुभयो, ‘अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।’ जामुनबाडी सामुदायिक वन पहिलेदेखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ ।

 वनको खुला चिडियाखानामा अहिले चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *