Search
Close this search box.
Search
Close this search box.

जिम्मेवार कार्यकर्ताको चरित्र हत्या गर्न खोजियो :नेपाली काङ्ग्रेस बुद्धशान्ति

press release nc bs

आफूले आफैलाई लुकाइएका पूर्ण सुहाङ र उनीसँगै रहेर मित्थ्या अन्तरवार्ता दिई आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रेम नाम गरेका व्यक्तिलाई कारावाही गर्न माग गर्दै नेपाली काङ्ग्रेस बुद्धशान्तिले प्रेस बिज्ञप्ती जारी गरेको छ।

बिज्ञप्तीमा आफ्ना जिम्मेवार कार्यकर्ता माथी मानहानी पूर्ण चरित्र हत्या गर्न खोजि विभिन्न संघ संगठनले सामाजिक संजालमा गरेको टिका-टिप्पणीबारे समेत आपत्ती जनाएको छ।

EPIC

press release nc bs
नेपाली कांग्रेस बुद्धशान्तिले जारी गरेको प्रेस बिज्ञप्ती

नेपाली कांग्रेस बुद्धशान्तिले जारी गरेको प्रेस बिज्ञप्तीको पूर्ण पाठ:

नेपाल तरुण दलका सभापति प्रति लक्षित गरी पूर्वाग्राहि र योजनाबद्ध ढंगले नेपाली काँग्रेसका युवा नेता करण लाबुङको राजनितिक र सामाजिक जिवन समाप्त पार्ने गरी बुद्धशान्ति ४ निवासी पूर्ण सुहाङलाई अपहरण गरी सम्पर्क विहिन बनाएको भनी विभिन्न संगठनको नाममा हिंसा मच्चाउन खोज्ने व्यक्तिहरु र इलाका प्रहरी कार्यालय धुलावारी झापामा किटानी जाहेरी दिएको प्रति नेपाली काँग्रेस गाउँ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

गत वैशाख ३१ गते बुद्धशान्तिमा आयोजित भ्रष्टचार विरोधी एक कार्यक्रमको विषयमा लोखिएको फेसबुक स्टाटसको विषयमा उत्पन्न भएको सामन्य विबाद पछि पूर्ण सुहाङ सम्पर्क विहिन बनेका थिए। सो विषयमा निजलाई गालीगलोज, हातपात तथा अपहरण गरिएको भनि बुवाबाट प्रहरी कार्यलयमा किटानी जाहेरी अनुरुप नेपाल तरुण दल बुद्धशान्ति सभापति करण लाबुङ तथा साथीहरु शुक्रराज लिम्बु, नवराज लिम्बु, सुमन लिम्बु नाममा उल्लेखित भएको तथा उनीसँगै गएको भनिएका प्रेम नाम गरेको व्यक्तिले दिएको अन्तरवार्ता पश्चात विना प्रमाण हाम्रो संगठनका जिम्मेवार युवा नेता करण लाबुङ माथी मानहानिपूर्ण रुपमा चरित्रहत्या गर्ने प्रकृतिको सामाजिक संजाल लगायतमा अनेक प्रतिकृया देखिएको छ । जसमा ज्यान मार्ने कसुर, अपहरण गरेको आरोपमा नेपाली काँग्रेसका जिम्मेवार साथीलाई राजनितिक, सामाजिक रुपमा नियोजित वदनाम गराउने उद्देश्य राखि सुनियोजित तरिकाबाट गाउँघर, समाज र प्रहरी प्रशासन समेतलाई भ्रममा आतंकित गराउने काम भएको छ ।

मिति २०८० साल जेष्ठ ०३ गते निज पूर्ण सुहाङ सकुशल अवस्थामा फेला परेका छन र हाल उनि प्रहरी नियन्त्रणमा छन् । अत यस विषयमा विना तथ्य विभिन्न संगठनबाट निकालिएका भ्रमपूर्ण तथ्यहिन विज्ञप्तीहरु र सामाजिक संजालमा प्रेसित निराधार आरोपपूर्ण सामग्रीहरु प्रति खेद प्रकट गर्दछौं ।

आफूले आफैलाई लुकाइएका पूर्ण सुहाङ र उनीसँगै रहेर मित्थ्या अन्तरवार्ता दिई आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रेम नाम गरेको व्यक्ति र यसमा संलग्न विभिन्न संगठनका व्यक्तिहरु उपर छानविन गरी सामाजिक आतंक सृजना, मानहानी चरित्रहत्या लगायतका विषयमा नेपाली काँग्रेस पार्टी कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गर्दछ । यस सम्पूर्ण विषयमा तरुण दल र विद्यार्थी संगठनले देखाएको धैर्यता र कानुनी राष्ट्रलाई आत्मसाथ गरेकोमा पार्टी कृतज्ञता प्रकट गर्दछौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *