जिल्लास्तरीय महिला फुटबल : कनकाईले बुद्धशान्तिलाई पराजित गर्दै शानदार जित दर्ता

कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा कनकाई महिला फुटबल टिम विजयी भएको छ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जामुनबारी सामुदायिक वनको खेलमैदानमा सुरु भएको प्रतियोगितामा कनकाईले बुद्धशान्ति महिला फुटबल टिमलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो।

EPIC EPIC EPIC

खेलको १७औं मिनेटमा बुद्धशान्तिकी खेलाडी करुणा राईको आत्मघाती गोलमार्फत कनकाईले अग्रता लिएको थियो। त्यसपछि २०औं मिनेटमा कनकाईकी समीक्षा मगरले गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अवस्थामा पुर्‍याइन्। दोस्रो हाफमा ३४औं मिनेटमा समीक्षा मगर, ३६औं मिनेटमा मनिता तुम्रोक, र ४३औं मिनेटमा पूर्णिमा राईले थप गोल गर्दै कनकाईलाई ५–० को शानदार जित दिलाए।

यस खेलकी उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) कनकाईकी जर्शी नं. ८ की खेलाडी जेनिफर राना घोषित भइन्। उनले पुरस्कार स्वरूप नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरिन् भन्ने जानकारी खेल संयोजक गीता खरेलले दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *