जिल्ला कारागार मोरङका एक कैदिको मृत्यु

विराटनगरस्थित जिल्ला कारागार मोरङका एक जना कैदीको मंगलबार (आज) बिहान मृत्यु भएको छ।

EPIC

मोरङको पथरीशनिश्चरे नगरपालिका १० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए।

EPIC EPIC EPIC

उनका अनुसार खाना खाएर बसेका थापा बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर ढलेका थिए। एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी बरालले दिए।

थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते २ वर्ष कैद सजायको फैसला गरेको थियो। तर, त्यसअघि २०८० असोज १७ गते अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिँदै कारागार चलान गरेको थियो।

अदालतको फैसालअनुसारको सजाय भुक्तान गरिरहेका थापाको मृत्यु भएको जेलर बरालले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *