जुम्लामा रक्सी पिउन लाइसेन्स लिनुपर्ने पालना नगरे १० हजार जरिवाना

जुम्ला। पश्चिमी जिल्ला जुम्लाको गुठीचौर गाउँपालिकामा रक्सी पिउन लाइसेन्स लिनुपर्ने गरी गाउँसभाले कार्यविधि अनुमोदन गरेको छ।
पालिकाले सबै वडाहरुमा यतिबेला सचेतना कार्यक्रम संचालन गरिरहेको छ।
उक्त कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ ।

पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा कायम राख्दै समुदायलाई सभ्य, सुसंस्कृत, शान्त तथा सकरात्मक बाटोमा अग्रसर गराउन मदिरा नियन्त्रण तथा व्यवस्थापनको अभियान प्रारम्भ भएको अध्यक्ष दानबहादुर बुढाले बताएका छन् ।

मदिरा सेवन गरि समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप वा झैझगडा गर्ने व्यक्तिलाई पहिलो पटक १ हजार जरिवाना गर्ने र सोहि व्यक्तिले बारम्बार सोहि कसूर गरेमा पटकै पिच्छे २ हजारका दरले जरिवाना बढ्दै जाने उनले बताए ।

यस्तै मदिरा ओसार, पसार र उत्पादनकर्ताले नियम उल्लघंन गरेमा पहिलो पटक १० हजार र कसूर दोहोर्‍याएमा २० हजारका दरले जरिवाना हुने अध्यक्ष बुढाले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *