जेठो विक्रम सम्बत

  • इन्द्र प्रसाद ओली

नेपाल राष्ट्र वैदिक सभ्यताको उत्तराधिकारी राष्ट्र हो। यही कारणले गर्दा सबैभन्दा पुरानो र वैज्ञानिक पात्रोको रूपमा “विक्रम सम्बत्” लाई लिइन्छ। वैदिक कालदेखि नै तिथिका आधारमा चल्दै आएको यो पात्रो पछि तिथि घटबढ हुने समस्याका कारण ‘गते’ मा लेखिने चलन चलेको हो। विक्रम सम्बत् नेपालको गौरव, ऐतिहासिक सम्पदा र वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण संवत् हो।


विक्रम सम्बत् वैदिक सनातन हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यसलाई नेपालका सरकारी कामकाजमा पूर्ण रूपले अपनाइएको छ। विभिन्न देशमा सरकारी प्रयोजनमा प्रयोग नगरिए पनि तिथिको वैज्ञानिक गणना र महत्वका कारण यसलाई उच्च प्राथमिकता दिइएको पाइन्छ। नासाका वैज्ञानिकहरूद्वारा समेत यस पात्रोको तिथि गणनाले अन्तरिक्षसमेत प्रभावित हुने बताइएको छ।
विक्रम सम्बत् सूर्यसँग सम्बन्धित शौर्य पात्रो हो, जुन इस्वी संवत् भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि सुरु हुन्छ। विक्रम सम्बत्को नयाँ वर्ष वैशाख १ गतेबाट सुरु हुन्छ, जुन सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल १३ वा १४ मा पर्दछ। यसमा रहेका महिना (वैशाख, जेठ आदि) सूर्यको १२ राशिका आधारमा विभाजित छन्, जसमा सूर्य एक राशिमा एक महिना बस्दछ।

EPIC EPIC EPIC EPIC EPIC


नेपालमा विगतमा शक संवत् र नेपाल संवत् पनि प्रचलनमा थिए। शक संवत् सन् १८२३ मा हटाइयो भने विक्रम संवत् सन् १९५८ मा नेपालकाे आधिकारिक पात्रोकाे रूपमा अपनाइयो। इतिहास नियाल्दा, पृथ्वीनारायण शाहदेखि कोत पर्वसम्मका अधिकांश सरकारी कागजातमा विक्रम संवत्को प्रयोग भेटिन्छ।


राजा विक्रमादित्यकाे सम्बन्धमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख पाइन्छ। भाषा वंशावली अनुसार राजा धर्मपालको शासनकालमा नारायणहिटी परिसरमा चतुर्मुख नारायणको स्थापना भई विक्रम संवत् प्रचलनमा आएको हो भन्ने भनाइ छ। काभ्रेपलाञ्चोक जिल्लाको नालामा रहेको विक्रमादित्यले शासन गरेको स्थानमा मेला लाग्ने परम्परा अझै जीवित छ। साँखुस्थित बज्रयोगिनी मन्दिर परिसरमा पनि विक्रमादित्यको मूर्ति पूजाआजा गरिन्छ, जसले उनकाे ऐतिहासिक अस्तित्व पुष्टि गर्छ।
राष्ट्रगुरु योगी नरहरिनाथले पनि विक्रमादित्यको उल्लेख गर्दै बत्तीसपुतली क्षेत्रमा राजसिंहासन रहेको कुरा उल्लेख गरेका छन्। पशुपति पुराण अनुसार, सूर्यवंशी लिच्छविको प्रभावले किराँतलाई हराई विक्रमादित्य लगायतका राजाको शासनकालमा विक्रम संवत् सुरु भएको देखिन्छ।
चन्द्रशमशेरको पालामा शासन व्यवस्थामा तिथिमा आधारित पात्रोले व्यवहारमा कठिनाइ आउने भएपछि ‘गते’मा लेखिने परम्परा सुरु गरियो। विक्रम संवत् १९६१ सालदेखि मेष संक्रान्तिलाई वैशाख १ मान्दै ग्रेगोरी पात्रो अनुसारको मिलान गरियो।
संसारमा सबैभन्दा वैज्ञानिक संवत् सूर्यको गतिमा आधारित विक्रम संवत् नै हो। सूर्यलाई वेदमा ‘सूर्य आत्मा जगतस्थुषः’ भनिएको छ। सूर्यनारायण समय, ऋतु, घडी, दिन, वर्ष सबैका नियामक हुन्। जब सूर्य आकाशमध्यमा आउँछ, त्यसै समयलाई १२ बजे भनिन्छ। यही आधारमा विश्वका सबै देशले राष्ट्रिय समय निर्धारण गर्छन्।


विक्रम संवत् कलियुगको ३००० वर्षपछि सुरु भएको मानिन्छ। राजा विक्रमादित्यले काठमाडौं आई जनताको ऋण तिरिदिएर राजसिंहासनमा बसेर यो संवत् प्रारम्भ गराएको इतिहासमा उल्लेख छ।
वैशाख १ गते नयाँ वर्षको आगमनसँगै सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्छन्, जसलाई सूर्यको उच्च राशि मानिन्छ। यसैले वनस्पतिमा नयाँ पालुवा आउँछ, आकाश सफा हुन्छ, प्रकृतिमा नयाँपन देखिन्छ र मानिसको मनमा पनि उमङ्ग जाग्छ।
वि.सं. २०८२ को नयाँ वर्षले सबै नेपालीमा आपसी भाइचारा र सोचमा सकारात्मक परिवर्तन ल्याओस्। हरेक नयाँ वर्षले मानिसलाई परिपक्व बनाउने अवसर दिन्छ। यस वर्ष हामी सबैले पुराना दुःखहरू भुल्दै सत्य र सदाचारको बाटो समात्न संकल्प गरौं।
उन्नति हाम्रै हातमा छ — “उद्यमेनैव सिद्ध्यन्ति कार्याणि न मनोरथैः” — अर्थात् केवल इच्छा गरेर होइन, निरन्तर प्रयासबाट मात्र सफलता मिल्दछ। लक्ष्य सानो छैन भने प्रयत्न पनि महान् हुनुपर्छ।


सूर्यनारायण तेजका पुंज हुन्, जसको सानो स्पर्शले फूलहरू फुल्छन्। त्यसैगरी हामी पनि उनीजस्तै तेजस्वी बनौं र समाजमा सुवास फैलाऔं भन्ने शुभकामना व्यक्त गर्दछु।
विश्वका धेरै देशहरूले आफ्ना संवत् गुमाइसकेका छन् तर नेपालले वैदिक कालदेखि चलिआएको विक्रम संवत् जोगाइराखेकोमा हामी सबै गौरवान्वित छौं।


ॐ शान्तिः शान्तिः शान्तिः
स्रोतः धर्म–सन्देश, विभिन्न मितिमा प्रकाशित लेखहरू आदि।
– इन्द्र प्रसाद ओली
अध्यक्ष, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय, भद्रपुर–७, झापा

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *