जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा राजवंशी पक्राउ

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका एक थुनुवा पक्राउ परेका छन्।

हिजो बिहान बिर्तामोड–३ निवासी २६ वर्षीय बिरबहादुर राजवंशीलाई प्रहरीले पुनः पक्राउ गरेको हो। लागूऔषध मुद्दाका आरोपी राजवंशी जेनजी आन्दोलनको बेला हिरासतबाट फरार भएका थिए।

EPIC EPIC EPIC

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई घरमै लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पुनः इलाका प्रहरी कार्यालय बिर्तामोडमै राखिएको छ।

जेनजी आन्दोलनका क्रममा झापाबाट कुल ९२ जना थुनुवा फरार भएका थिए। तीमध्ये हालसम्म ४ जना पक्राउ परेका छन् भने ८८ जना अझै फरार रहेको प्रहरी स्रोतले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *