काठमाडौं । सेनासँग जेनजीको वार्ता चलिरहेको बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका केही युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा नचाहेको र बालेन शाह तथा हर्क साम्पाङ जस्ता युवाहरू अघि आउनुपर्ने माग गरेका छन्।
जेनजीको नेतृत्वमा सुशीला कार्कीको नाम अगाडि आए पनि सहभागी युवाहरूले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि उपस्थित भएका थिए, तर युवाहरूको बीचमा सहमति बनेको छैन।
सेनाले जेनजी प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ। वार्ता पूर्ण भएपछि मात्र राष्ट्रपतिसँग औपचारिक छलफल हुने बताइएको छ।



















