जेन–जी आन्दोलनको असर : २० अर्बभन्दा बढीको बिमा दाबी

झापा । नेपालको निर्जीवन बिमा व्यवसायमा गत भदौ २३ र २४ सम्म उत्पन्न असहज परिस्थितिहरूका कारण सिर्जना भएको बिमा दाबीको प्रारम्भिक विवरण १ हजार ९ सय ८४ पुगेको छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको भदौ ३१ सम्मको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनबाट उक्त संख्यामा परेको क्षति रकम २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँबराबर रहेको जानकारी दिएको छ । यो बिमितहरूबाट सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीहरू र अन्य ४ निर्जीवन लघुबिमा कम्पनीमा परेको दाबीको प्रारम्भिक विवरण हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विभिन्न निर्जीव बिमा कम्पनीहरूले ठूलो संख्यामा दाबीहरू दर्ता गरेका छन् । यसमध्ये ७ कम्पनीमा अर्ब रुपैयाँमाथिको दाबी परेको छ भने बाँकीमा अहिलेसम्म अर्बभन्दा कमको दाबी देखिन्छ । जेन–जी प्रदर्शनबाट उत्पन्न असामान्य परिस्थितिका कारण बिमा कम्पनीहरूले ठूलो मात्रामा क्षति दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ । बिमा प्राधिकरणका अनुसार हालसम्म १८ जीवन बिमा कम्पनीमा परेको कुल दाबीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्समा परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *