झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १२ र अर्जुनधारा वडा नं १० मा अवस्थित सत्सङ्ग शान्ति समाज मण्डलीले माघेसङ्क्रान्तिको अवसर पारेर मंगलबार ६ जना जेष्ठ नागरिकलाई एक कार्यक्रम बीच सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा सितलादेवी ढंगेल, नर्वदा काफ्ले, विष्णुकुमारी खनाल, युगप्रसाद खनाल, हिमादेवी घिमिरे र इन्दिरादेवि भण्डारी रहेका छन् ।
गोमादेवी रिजालको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नं १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने रहेका थिए ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नं १० का वडाध्यक्ष न्यौपाने , सम्मानित व्यक्तित्व सबैले आ आफ्ना धारणा राखेका थिए ।

उपाध्यक्ष चित्रकला दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा अध्यक्ष कमल भण्डारीले औंचित्य माथि प्रकाश परेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद मिश्रले गरेका थिए ।