जेष्ठ नागरिक पुरानो चौतारीद्धारा प्रसाईलाई नागरिक अभिनन्दन

अर्जुनधारा : अर्जुनधारा नगरपालिका ५ स्थित बैशावारीमा रहेको जेष्ठ नागरिक पुरानो चौतारीले बिएण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सम्मान गरेको छ । प्रसाईले सामाजिक, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नागरिक अभिनन्दन समेत गरिएको बताइएको छ ।

चौतारीले आइतवार नागरिक अभिनन्दन तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरी प्रसाईलाई नागरिक अभिनन्दन गरेको हो । सोहि कार्यक्रममा दुईसय २० जना बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको कार्यक्रमका संयोजक तथा स्थानीय टोलविकास समितिका अध्यक्ष ओमप्रकाश लुइटेलले जानकारी दिए । उनका अनुसार बृद्धबृद्धाको हौसला बढाउन उनीहरुलाई सम्मान गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

चौतारीका अध्यक्ष जीवनकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रसाईलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

उमाकान्त निरौला र टीकादेवी निरौला सहित उनको परिवाले चौतारीको भवनका लागि प्रदान गरेको एक कठ्ठा जग्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले भवन निर्माण कालागि आफुले सकेको सहयोग गर्ने बचन बद्धता प्रकट गरेका थिए ।

उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका ५ का वडाअध्यक्ष ध्यानबहादुर भारती, व्यवसायी तथा समाजसेवी राजेन्द्र थापा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, एकसय बर्ष पूरा गरेका मुक्तिनाथ खतिवडा, समाजसेवी अमरदीप भेटवाल, पूर्व शिक्षक लेखनाथ भट्टराईलगायतको उपस्थिति रहेको थियो । स्थानीय हेमराज सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिल्ली सापकोटाले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *