जेसिजको सकृयतामा लागुपदार्थ दुर्ब्यसन बिरुद्धको सचेतना कार्यक्रम

बुधबारे जेसिजको आयोजनामा आइतबार लागुपदार्थ बिरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिहान ११ बजे देखि बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित पावनभुमि कृषी तथा ऋण सहकारी सस्थामा लागुपदार्थ दुर्व्यसनी बिरुद्द कार्यक्रम सम्पन्न भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

पावनभुमि कृषी तथा ऋण सहकारीका अध्यक्ष ठाकुरप्रसाद खतिवडाले बुधबारे जेसिजले लागुपदार्थ दुर्ब्यसन बिरुद्ध देखाएको सक्रियताको प्रशंसा गरेका थिए।

इलाका प्रहरी कार्यलय काकडभिट्टाका प्रहरी नायव निरिक्षक ज्ञान कुमार महतोको सहजीकरणमा झण्डै ५० जना सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

लागू औषधका प्रकार र लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा ओसार पसार गर्दा हुने कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित प्रहरी नायव निरिक्षक महतोले सहजीकरण गरेका थिए।

जेसी चन्द्र वाग्लेको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीहरुलाई लागूऔषधका असर, प्रकार बारे जानकारी गराउनुको साथै बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपायका बारेमा प्रष्ट पारिएको थियो।
कार्यक्रममा लागूऔषध दुर्ब्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षक र सामाजिक संघ-सस्थाहरुले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको थियो ।

समाजमा बढ्दै गएको दुर्ब्यसनी र त्यसले पारेको असरका विषयमा सामाजिक स्तरबाट सचेतना दिने उदेश्य सहित बुधबारे जेसिजले कार्यक्रम आयोजना गरेको बुधबारे जेसिज वर्ष २०२२का अध्यक्ष जेसी मुकेश भट्टराईले जानकारी गराए ।
उनले लागुपदार्थ बिरुद्ध बुधबारे जेसिजले दीर्घकालीन कार्यक्रमको रुपमा गतिविधिहरु संचालन गर्ने उल्लेख गरे।

सामाजिक सस्था र आबद्द पदाधिकारीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई लक्षित गरि कार्यक्रम गरिएको पनि उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *