Search
Close this search box.
Search
Close this search box.

जेसीजसहित दर्जन बढी संघसंस्थाद्वारा प्रमुख प्रशासकीय अधिकृत चापागाईलाई सम्मान

बुधबारे । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज बिदाई गरिएको छ ।

उनलाई आईतबार एक कार्यक्रम गर्दै गाउँपालिकाले बिदाई गरेको हो । त्यसपछि बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रममा पूर्वेली साप्ताहिक सहित दर्जन बढी संघसंस्थाले सम्मानपत्र, खदा तथा मायाको चिनोले उनलाई सम्मान गरेका छन् ।

EPIC EPIC EPIC

राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि.स. २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका चापागाईकोे गृह मन्त्रालय वा अन्र्तगत सरुवा÷रमाना भएको हो ।

झापाको बुद्धशान्ति नै जन्मथलो भएका काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का चापागाई बुद्धशान्तिमा हालसम्म सबैभन्दा बढी समय प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहने प्रमुख प्रशासकीय अधिकृत हुन् ।

उनको २०७७ पौष १० गते नै सरुवा भएपनि विकास निर्माण र कर्मचारी प्रशासनमा सुशासन कायम गरी सेवा प्रवाह जनमुखी र छिटोछरितो ढंगबाट सम्पन्न हुनेभएपछि जननिर्वाचित जनप्रतिनिधिहरुको विशेष अनुरोधमा आर्थिक वर्षका विकास निर्माणका सम्पूर्ण कार्यसम्पन्न भएपछि मात्र सरुवा भईजान अनुरोध भएपछि उनी आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म बुद्धशान्ति गाउँपालिका बसेका हुन् ।

बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा युवराज कट्टेल आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *