बुद्धशान्ति। बुधबारे जेसीजले तेस्रो बोडै बैठक सम्पन्न गरेको छ । बुधबार बुधबारेको चखेवा होटलमा जेसीज सप्ताहको मिति तय गर्दै बिभिन्न बिषयहरुमा छलफल गर्दै तेस्रो बोर्ड बैठक सम्पन्न गरेको हो ।
बुधबारे जेसीजका बर्ष -२०२२ का अध्यक्ष मुकेश भट्टराईको सभापतित्वमा सम्पन्न बैठकले जेसीज सप्ताहको मिति तय गरेको छ । असार ६ गतेदेखि हुने सप्ताहव्यापी कार्यक्रममा विभन्न पदाधिकारीहरुको संयोजक समेत तोकिएको अध्यक्ष भट्टराईले बताएका छन् ।
जेसीज सप्ताह अन्र्तगत स्वास्थ्य शिविर, टाफिक सचेतनामुलक होडिङ बोर्ड राखिने, साईबर क्राइम सम्बन्धि तालिम, नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान, दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले स्लो मोटरसाइकल रेस, जेसीज भवन ढलान लगायतका कार्यक्रम गरिने महासचिव अर्जुन ढकालले बताएका छन् ।
बोर्ड बैठकमा बुधबारे जेसीजका मानार्थ सदस्य दिपेन सिटौला, निर्वतमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष रमेश बराल, नन्दुकुमार याफु राई सहित बोर्डका बिभिन्न पदमा रहेका पदाधिकारीको उपस्थिति थियो ।