बुद्धशान्ति । जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा झापा बोल्छ , बक्तृत्त्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
झापा जिल्लाको चन्द्रगढी , धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि १२ओटा विद्यालय लाई एम्पायर क्विज को सेमिफाइनलमा लगीएको थियो, जस मध्ये २०७८ असार १४ गते सेमिफाइनल बाट , तारापुन्ज बोर्डिङ स्कुल, काकर्भिट्टा , लिटल एन्जेल बोर्डिङ , चारआलि र विद्योदय स्कुल , कन्काइ फाइनल चरण मा प्रवेश गरेका थिए ।

लिटल एन्जेल स्कुल चारआलिले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने द्धितिय स्थान बिध्धोदय स्कुल र तृतीय तारापुन्ज स्कुल भएको छ । प्रथम द्दितिय र तृतीय लाई क्रमश , २०हजार ,१० हजार र ५ हजार नगद सहित ट्र्फि मेडल र विविध उपाहार ले सम्मान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा कुइज मास्टर राजिब न्यौपाने थिए ।
त्यसै गरि अडिसन बाट १२ जाना प्रतियोगीलाई फाइनल चरणमा लगीएको झापा बोल्छ , वतृत्त्व कला प्रतियोगितामा झापा मोडल दमककी कृतग्यता थापा त्यसै गरि बिर्तामोडको वाल्मीकी एजुकेसन फाउन्डेसन बाट प्रतिनिधित्व गर्दै सितोश्मा तिम्सिना र झापा मोडेल कै प्रतीक खनाल तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम दितिय र तृतीय ले क्रमश २० हजार , १० हजार र ५ हजार नगद सहित ट्रफि मेडल सहितले सम्मान गरिएको थियो । उक्त प्रतियोगीताको निर्णायकका रुपमा सन्दिप राजवंशी , धर्मेन्द्र भट्टराई ९मामा० , उषा श्रेष्ठ , युनिता दवाडी भट्टराई , स्वस्तिका आचार्य रहेका थिए ।
उक्त कार्यक्रम झापाको झिलझिले स्थित वाटर किङडममा सम्पन्न गरिएको थियो । कम्पनिका इभेण्ट डिरेक्टर प्रकाश सङ्रौला ९निराकार० को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि झापा इन्नर्जिका कार्यकारी निर्देशक तथा सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई थिए । कार्यक्रमको सन्चालक मेनेजिङ डिरेक्टर अविशेक श्रेष्ठले गरेका थिएभने स्वागत मन्तव्य सारिका प्रसाईंले गरेकी थिइन । कार्यक्रममा प्रमुख भट्टराई , लायन्स क्लब अफ मेचिनगरका सचिव सजित तामाङ , लियो क्लब अफ मेचिनगरका सस्थापक अध्यक्ष अभिजित दवाडी ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रनवी चिया, लायन्स क्लब अफ मेचिनगर, लियो क्लब अफ मेचिनगर , एक्पर्ट एजुकेशन अन्ड भिषा सर्विस , प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी, आगमन हर्बल लगायतले प्रायोजन गरेका थिए ।