काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।