ज्यामिरगढीमा भारतिय कारको ठक्करबाट मजदुरको मुत्यु

मेचीनगर। दक्षिणबाट उत्तरतर्फ आउदै गरेको भारतीय नम्बरको कारले ज्यामिरगढीमा दुईजना पैदल यात्री मजदुरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

EPIC

हिजो राति साढे ९ बजे मेचीनगर–१५ स्थित ज्यामिरगढीको भगवती प्लाई उद्योग नजिकबाट धुलाबारीतिर आउदै गरेको डब्ल्यूबी ७४ एजी १२२५ नम्बरको भारतीय कारले ठक्कर दिँदा मजदुर २५ वर्षीय पप्पु रायको मृत्यु भएको हो ।

EPIC EPIC EPIC

अर्का मजदुर २० वर्षीय केशव मादक गम्भीर घाइते भएका छन् । उनको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवै जना हिमशिखर प्याइउड उद्योगमा काम गर्ने भारतीय मजदुर हुन् । उनलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो । रायलाई साढे ११ वजे राति चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का घाइते मादकको बिर्तामोड स्थित बीएण्डसी अस्पताल उपचार भइरहेको छ । ठक्कर दिएर भागेको कारलाई आज घटनामा संलग्न भएको आशंकामा भारतको बागडुग्रा निवासी २३ वर्षीय रोसन खत्रीलाई कारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चालक खत्रीसहित कार इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *