बुद्धशान्ति।ज्योति किर्तन मण्डली बुद्धशान्ति -५ आइयाबारिले जेष्ठ नागरिकलाई सम्मान साथै बिपन्न परिवार र असाह्यलाई न्यानो कपडा बितरण गरेको छ ।
मण्डलिले माघे संघ्रान्तिको अवसर पारेर ३८ जना जेष्ठ नागरिकलाई सम्मान , बिपन्न परिवार र असाह्यलाई चिसो बडेसङ्गै उनिहरुलाई समस्या देखिएको भन्दै न्यानो कपडा बितरण गरेको अध्यक्ष बिनु दाहालले जानकारी दिनुभयो । संघ्रातीको अवसरमा आइतबार मारवाडी महिला समाज मेचिनगर र आज सोमबार मेचिनगर लेडि जेसिजकी संस्थापक अध्यक्ष कबिता शर्माको सहयोगमा उनिहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी सोही वडाका अध्यक्ष डेगेन्द्र कार्किले आज पर्न गएको शुभजन्मोत्सवको अवसरमा मण्डलिलाई साउण्ड सिस्टम प्रदान गर्नुभयो । वडाध्यक्ष कार्किले जन्मदिन समाजमा समर्पित गर्दै आएको उद्घोष गर्दै बिगतको जन्मदिनमा पनि अति बिपन्न परिवारलाई स्वास्थ्य बिमा अनि सामाजिक क्रियाकलापमा सहयोगी भुमिका निभाउदै आएको स्मरण गर्दै सहयोग गर्न पाउदा आत्म संन्तुष्टि मिल्ने गरेको अनुभव शेयर गर्नुभयो ।
सहयोगिदाता मारवाडी महिला समाज मेचिनगर, मेचिनगर लेडि जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, वडाध्यक्ष कार्की, सदस्य राम लगन चौधरी , समाजसेवी थिरेन्द्र खतिवडा , सोमनाथ ढकाक, नारायण दाहाल, टोल बिकासका अध्यक्ष टेक राज बिष्ट र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौलाले स्वागत मन्तब्य राख्दै किर्तन मण्डलिले गरेको कार्यक्रमको खुलेर प्रशम्सा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
मण्डलिका अध्यक्ष बिनु दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मण्ड्लिले आरती भजन गर्दै सहयोगिदाता र अतिथिलाई स्वागत गरेका थिए । सचिव खगेन्द्र आचार्यले शाब्दिक स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन युनिका दाहालले गर्नुभएको थियो ।



















