झापाका आठ पालिकामा विवेकशील साझा

विर्तामोड । विवेकशील साझा पार्टीको भातृ संगठन विवेकशील साझा युवा संगठनले झापाका आठ पालिकाका संयोजक चयन गरेको छ ।


हिजो विर्तामोडमा आयोजिक विकेकशील साझा युवा संगठनको विस्तारित बैठकमा संगठनका झापा जिल्ला संयोजक राजेन्द्र खनालले नव निर्वाचित पालिका संयोजकहरुको नामावली सार्वजनिक गरेका छन् ।

EPIC EPIC EPIC EPIC


संगठनका नवनिर्वाचित संयोजकहरुमा विसम्बर दाहाल दमक नगरपालिका, दिवस न्यौपाने कमल गाउँपालिका, रेवत क्षेत्री शिवसताक्षी नगरपलिका, कमल कार्की बाह्दशी गाउँपालिका, विशाल न्यौपाने भद्रपुर नगरपालिका, संजय आचार्य विर्तामोड नगरपालिका, अनिल पोख्रेल कन्काई नगरपालिका र सिताराम भट्टराई अर्जुनधारा नगरपालिका रहेको खनालले जानकारी दिए ।


खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य भीम प्रसाद अधिकारी, विवेकशील साझा युवा संगठनका प्रदेश नं. १ संयोजक प्रसान्त ढकाल, विवेकशील साझा पार्टीका झापा जिल्ला संयोजक मेदनी प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


पछिल्लो समय मुलुकमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझा पार्टी झापा जिल्लामा थप सक्रिय बन्दै गएको छ र आगामी एक महिना भित्र झापाका सबै पालिकामा संगठनको पूर्ण कमिटि गठन गरिने संयोजक खनालले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *