Search
Close this search box.
Search
Close this search box.

झापाका एसपी दुर्गा रेग्मीको जाँदै, मिलन केसी आउँदै

झापा। गृहमन्त्रालयले प्रहरी उपरीक्षक सरुवा गरेको छ।

गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च तहका प्रहरी सरुवा गरेको हो । गृहले ७८ जना प्रहरी उपरीक्षकलाई सरुवा गरेको हो । सरुवा हुनेमा २३ जिल्लाका इन्चार्जहरु रहेका छन् । 

EPIC

यता जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा रहेका दुर्गा रेग्मीको सरुवापछि मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् ।

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । त्यस्तै, सर्लाहीमा दयानिधि ज्ञवालीलाई सरुवा गरिएको  छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

त्यस्तै, नवराज कार्की मोरङ पुगेका छन भने तनहुँमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । त्यस्तै, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्टलाई सरुवा गरिएको  गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *