झापाका एसपी दुर्गा रेग्मीको जाँदै, मिलन केसी आउँदै

झापा। गृहमन्त्रालयले प्रहरी उपरीक्षक सरुवा गरेको छ।

गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च तहका प्रहरी सरुवा गरेको हो । गृहले ७८ जना प्रहरी उपरीक्षकलाई सरुवा गरेको हो । सरुवा हुनेमा २३ जिल्लाका इन्चार्जहरु रहेका छन् । 

EPIC EPIC EPIC

यता जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा रहेका दुर्गा रेग्मीको सरुवापछि मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् ।

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । त्यस्तै, सर्लाहीमा दयानिधि ज्ञवालीलाई सरुवा गरिएको  छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

त्यस्तै, नवराज कार्की मोरङ पुगेका छन भने तनहुँमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । त्यस्तै, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्टलाई सरुवा गरिएको  गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *