झापाका केही स्थानमा मेघगर्जन र असिनासहित वर्षा


बिर्तामोड, बैशाख १४ ।
झापाका केही स्थानमा आज आइतबार बिहानै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। बिर्तामोड आसपासको क्षेत्रमा करिब १५ मिनेटसम्म वर्षा र असिना पानी परेको स्थानीयले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो स्थिति आइतबार रातिसम्म जारी रहने अनुमान गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। पहाडी क्षेत्रमा समेत आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

तराई क्षेत्रमा कर्णालीबाहेक अन्य प्रदेशमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ भने थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम तथा न्यूनतम तापक्रम क्रमशः बढ्दै गएको बताइएको छ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *