Search
Close this search box.
Search
Close this search box.

झापाका पालिकाहरुको बजेट, कुन पालिकाको कति ?

budget

झापा । नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१र०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

भद्रपुर नगरपालिकाले दुई दिन पहिले सो प्रक्रिया पूरा गरेको तर, गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पारित गरेको छ । जस अनुसार झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा ठूलो बजेट २ अर्ब ५ करोड २९ लाख रुपैयाँको प्रस्तुत गरेको छ ।

EPIC EPIC EPIC

मेचीनगरले नगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट ल्याएको हो । यस्तै, सबैभन्दा कम बजेट हल्दिबारी गाउँपालिकाले ४८ करोड ८९ लाख रुपैयाँ आय–व्यय हुने अनुमान गरेको छ ।

हेरौं पालिकाहरुले प्रस्तुत गरेको बजेटको आकार अनुसारको विवरण ः

मेचीनगर नगरपालिका २ अर्ब ५ करोड २९ लाख रुपैयाँ
दमक नगरपालिका १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ
बिर्तामोड नगरपालिका १ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ
भद्रपुर नगरपालिका ९९ करोड २ लाख रुपैयाँ
शिवसताक्षी नगरपालिका ९६ करोड २६ लाख रुपैयाँ
अर्जुनधारा नगरपालिका ८५ करोड ५९ लाख रुपैयाँ
गौरादह नगरपालिका ८४ करोड ३४ लाख रुपैयाँ
कनकाई नगरपालिका ६९ करोड ७७ लाख रुपैयाँ
कमल गाउँपालिका ७१ करोड ८३ लाख रुपैयाँ
कचनकवल गाउँपालिका ६६ करोड ३१ लाख रुपैयाँ
बुद्धशान्ति गाउँपालिका ६४ करोड ८ लाख रुपैयाँ
बाह्रदशी गाउँपालिका ५० करोड ४५ लाख रुपैयाँ
झापा गाउँपालिका ४९ करोड ४३ लाख रुपैयाँ
हल्दिबारी गाउँपालिका ४८ करोड ८९ लाख रुपैयाँ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *