झापा। झापाको झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर आज बुधबार सम्पन्न भएको छ ।
झापा गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा ४१२ जना नयाँ तथा पुरानालाई अपांगता कार्ड वितरण गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो ।
झापा गाउँपालिकाको ७ वटा वडामा यही मङ्सिर २५ गतेदेखि शुरु भएको शिविर आज ३ पौष गतेसम्म संचालन भएको थियोे भने शिविरमा ७२९ जनाले सेवा लिएका थियो ।
सात दिनसम्म संचालन भएको शिविरमा पुर्ण अशक्त अपांगता कार्ड ( रातो ) ११४ जनालाई , अति अशक्त अपांगता ( निलो) कार्ड २२१ जनालाई , मध्यम अशक्त अपांगता ( पहेँलो ) कार्ड ५९ जनालाई र सामान्य अशक्त अपांगता ( सेतो ) कार्ड १८ जनालाई चेकजाँच गरि शिविर स्थलमै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा ३६६ जना पुरुष र २६३ जना महिलाहरुले शिविरमा परिक्षण गराएका थिए भने नयाँ ९० जना अपांगता भएका व्यक्तिलाई कार्ड वितरण गरिएको थियोे ।
कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि ,फिजियो थेरापी र मानसिक अपांगता भएका झापा गाउँ बासीले सेवा लिएका थिए ।
कार्यक्रममा झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया सातैवटा वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरु, करूणा फाउन्डेसनका प्रतिनिधि , गाउँपालिका कर्मचारी , संबंधित बिज्ञहरुको टोलि लगायत सञ्चार कर्मीहरुको साथ र सहयोगमा शिविर उपलब्धि मुलक रूपमा सम्पन्न भएको सूचना प्रविधि अधिकृत गौरव सङ्गौलाले जानकारी दिनु भयो ।