झापाको कन्काई पुलमा पराल राखेर बमको आतंक गरिएको छ ।
आज बिहान करिब ३ः४५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगतको शिवसताक्षी–१० माईधारस्थित कन्काई पुलमा शंकास्पद बस्तु फेला परेको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधनहरु अवरुद्ध भएका थिए ।
बिहान सेनाको बम डिस्पोजल टोलीले हेर्दा सो शंकास्पद वस्तु परालको डल्लो भएको पुष्टि भएको छ । केहीबेर अगाडिबाट अवरुद्ध सवारी साधनहरु संचालनमा आएको प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद बस्तुलाई कागजले बेरेर “नेपाल बन्द होशियार” लेखिएको थियो । नेकपा (बहुमत) ले आज नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।



















