झापाको तीन पालिकामा गरिमा एग्रोद्वारा उन्नत जातको ‘हर्दिनाथ १’ धानको बिउ वितरण

बनियानी। झापाको तीन पालिकामा गरिमा एग्रोले उन्नत जातको हिउँदे धानको बिउ वितरण गरेको छ।

कचनकवल, बाह्रदशी र बिर्तामोड नगरपालिका १० का कृषकहरूलाई उन्नत जातको हिउँदे हर्दिनाथ १ धानको बिउ वितरण गरेको हो। 

EPIC EPIC EPIC EPIC EPIC

आज कचनकवल ६ बनियानीमा मान प्रकाश सङ्ग्रौलाको संयोजकत्वमा तथा गरिमा एग्रोको व्यवस्थापनमा  “चैते धान प्रोत्साहन कार्यक्रम” अन्तर्गत धानको बिउ वितरण गरिएको एग्रोका प्रबन्धक तथा कार्यक्रमका संयोजक सङ्ग्रौलाले जानकारी दिए।। 

किसानहरू लाई उन्नत जातको बिउबाट आत्मनिर्भर तथा उत्पादन दर वृद्धि गर्ने उद्देश्यका साथ ३ पालिकाका २४/२४ जना कृषकलाई २० केजीका दरले  चैते धानको बिउ बितरण गरिएको कार्यक्रमका संयोजक सङ्ग्रौलाले जानकारी दिए। 

“तपाई हामी बिउका लागि भारत मुखी भएर कतिञ्जेल चल्छ? अब तपाई हामीहरू आत्मनिर्भर बन्न जरुरी रहेको छ” उनले भने। उनले “कचनकवलमा चैते धान १००० भन्दा कम दाम भयो भने कम्तिमा पनि एक हजारमा गरिमा एग्रो लिनेसमेत प्रतिबद्धता जनाए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *