Search
Close this search box.
Search
Close this search box.

झापाको विभिन्न स्थानमा एकै दिन चारजना मृत फेला

झापा। झापामा आज एकैदिन चार जना मृत फेला परेका छन् । जिल्लाका विभिन्न स्थानमा दुई जना महिला र दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान अर्जुनधारा नगरपालिका ६ स्थित व्याडमिन्टन कबर्ड हल नजिक माई नगरपालिका वडा नम्बर १ कलकत्ते निवासी ५० वर्षीया माया मगर शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । मगरको टाउकोमा चोट देखिएका कारण हत्या भएको हुनसक्ने भन्दै प्रदेश प्रहरीको टोलीसहित कुकुर झिकाएर अनुसन्धान गरिएको थियो ।

EPIC EPIC EPIC

तर, कुकुरले कुनै क्लु पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मगर बिर्तामोड ५ मा कोठा बस्दै आएकी थिइन् ।

यसैगरी, शिवसताक्षी नगरपालिका ११ मैनाचुली बस्ने अन्दाजी ७४ वर्षीया रमनमाया राई गाईको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई पहिलादेखि नै डिप्रेशनको बिरामी भएको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिका वडा नम्बर ७ घर भएका २० वर्षीय दिनेश चौधरी कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सागर बिष्टको घरमा डेरा बस्ने गरेको र सोही घरको कोठामा बिहान १० बजेतिर सिलिङ फेनमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

दमक नगरपालिका वडा नम्बर ४ प्रतिभा टोल निवासी ६० वर्षीय रामचन्द्र न्यौपाने घर भित्रबाट ताला लगाएको अवस्थामा कोठामा मृत फेला परेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उनी घरमा एक्लै बस्दै आएको र बिहान अबेर छिमेकीले बोलाउँदासमेत नउठेकाले प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *