झापाको हल्दिबारीमा साढे २७ करोडको इस्टिमेट गरिएको ‘भुतेनी पुल’ दुई करोड ३० लाखमै निर्माण


हल्दिबारी। काठे र बाँसे पुल विस्थापन गर्ने अभियान अन्तर्गत झापाको हल्दिबारी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट पक्की पुल निर्माण कार्य अघि बढाएको छ। गाउँपालिकाले दुई वर्षअघि भुतेनी र भुसुडी खोलामा गरी तीनवटा पक्की पुलको एकसाथ शिलान्यास गरेको थियो।

कुल लागत ४ करोड ९६ लाख ८५ हजार ९ सय रुपैयाँमा सम्झौता भई निर्माण अघि बढाइएको तीमध्ये हल्दिबारी–१ र ५ जोड्ने भुतेनी खोलाको पुल हालसालै सम्पन्न भई सार्वजनिक रूपमा सञ्चालनमा ल्याइएको हो। सो पुलको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

२०७४ सालमा सडक विभागको पुल महाशाखाबाट आएको टोलीले यहाँ माटो परीक्षण र डीपीआर तयार गरी करिब साढे २७ करोड रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो। त्यति ठूलो अनुमान देख्दा स्थानीय तहमा आशंका र अन्योल उत्पन्न भए पनि गाउँपालिकाले आफ्नै स्रोत र व्यवस्थापनमार्फत पुल निर्माण गरेर देखाएको हो।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनका अनुसार, महाशाखाको अनुमानित लागत अत्यधिक भएकाले पहिलो चरणमा निर्माण सम्भव नजस्तो लागेपनि योजनाबद्ध ढंगले काम गर्दा करिब दुई करोड ३० लाख रुपैयाँमै सो पुल निर्माण सम्पन्न भएको हो।

“ईमानदार प्रतिनिधित्व, दूरदृष्टि र समन्वय भए विकास सम्भव छ भन्ने उदाहरण यो पुल हो,” अध्यक्ष लिङ्देनले बताए। उनका अनुसार बाँकी दुई पुलको उद्घाटन समेत चाँडै हुने तयारीमा छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले २०७९ कात्तिक ७ गते निर्माण सम्झौता भएको सो पुल निर्धारित समय अगावै, करिब ५ महिनाअघि नै सम्पन्न भएको जानकारी दिए। ४२.७ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पुल सारा सृष्टि निर्माण सेवा प्रालिले निर्माण गरेको हो।

हालसम्म गाउँपालिकाले सात वर्षमा करिब १५० वटा काठे र बाँसे पुल विस्थापित गरी पक्की संरचना बनाएको जनाउँदै अधिकृत वनले भने, “पुल मात्र होइन, अन्य पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिइएको छ।”


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *