झापाबाट विदेश गएकामध्ये चार वर्षमा १६६ जनाले ज्यान गुमाए

मृत्यु

झापा। झापा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका १६६ जनाले पछिल्लो चार वर्षमा ज्यान गुमाएका छन् भने ५४ जना अङ्गभङ्ग भएका छन्। सुरक्षित आप्रवासन परियोजना (सामी)का अनुसार वैदेशिक रोजगारीमा जाने, फर्कने तथा उनीहरूका आश्रित परिवारको हितका लागि पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग तथा मृत्यु भएका परिवारलाई आर्थिक सहायता, सन्तति छात्रवृत्तिलगायतका सहयोग प्रदान गरिँदै आएको छ।

सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्म ४२ जना, गत आव २०८०/८१ मा ८० जना, र आव २०७९/८० मा ४४ जनाको मृत्यु भएको छ। अङ्गभङ्ग हुनेहरूको सङ्ख्या भने चालू आवमा १० जना, गत आवमा ३३ जना, र आव २०७९/८० मा ११ जना रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

गत आर्थिक वर्ष २०८०/८१ मा झापाबाट ६,५२८ महिलासहित ३४,३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। सोही अवधिमा कोशी प्रदेशबाट १,६०,६७२ जनाले श्रम स्वीकृति लिएका थिए।

मेचीनगर नगरपालिकामा चालू आर्थिक वर्षमा ३१ वटा अभिमुखीकरण तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। यस अवधिमा वैदेशिक रोजगारीबाट फर्केका तथा उनीहरूका परिवार गरी १,६४६ जनाले सुरक्षित आप्रवासन परियोजनाका विभिन्न सेवा लिएको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *