झापाबाट विराटनगर जाँदै गरेको सांसद सवार गाडी दुर्घटना

मोरङ – कोशी प्रदेशका सांसद सवार जीप दुर्घटनामा परेको छ।

मोरङको कानेपोखरी गाँउपालिकाको चिसाङ खोलास्थित पूर्वपश्चिम राजमार्गमा सोमबार दिउँसो हाइलक्स जीप दुर्घटना भएको हो। जीपमा प्रदेश सांसद राधाकृष्ण खनाल, मैया श्रेष्ठ, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा मानवीय क्षति भने भएको छैन। मोरङ प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको कारले विराटनगरतर्फ आउँदै गरेको सांसदहरू सवार बि.एइ १४०६ नम्बरको हाइलक्स जीपलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ठोक्किएको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्का सवार थिए। सांसदहरू सवार जीपका चालक दमक नगरपालिकाका भेषराज श्रेष्ठ हुन्।

जीपमा सवार मैया श्रेष्ठ नेपाली कांग्रेसकी सांसद हुन्। त्यसैगरी राधाकृष्ण खनाल, नम्बरलाल धिमाल नेकपा एमाले र विद्या चाम्लिङ नेकपा एकीकृत समाजवादीकी सांसद हुन्।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *