झापामा असारभित्र एक हजार भूमिहीनलाई धनीपुर्जा वितरण गरिने

झापा — भूमिसमस्या समाधान आयोग, जिल्ला समिति झापाले जिल्लाभरका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लक्षित गर्दै यही असार महिनाभित्र एक हजार कित्ता भूमि पुर्जा वितरण गर्ने तयारी गरेको छ।

आयोगको हिजो बसेको बैठकले पुर्जा वितरण सुनिश्चित गर्न चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। आयोगको निर्णयअनुसार, सम्बन्धित पालिकाबाट आवश्यक प्रक्रिया पूरा गरिसकेपछि जिल्लास्थित कार्यालयमार्फत जग्गाको नाप नक्सा गरिनेछ। त्यसपछि भोगचलन गर्दै आएका व्यक्तिहरूको नाममा ७ दिने हकदाबी सूचना प्रकाशित गरिने छ। सो निर्णय अनुसार कन्काई नगरपालिकामा १३८, बुद्धशान्ति गाउँपालिकामा २२३ र अर्जुनधारा नगरपालिकामा १७५ कित्ता जग्गाको हकदाबी सूचना प्रकाशन गरिनेछ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, अव्यवस्थित रूपमा बसोबास गर्दै आएकाहरूको राजस्व निर्धारण गरी कन्काई नगरपालिकाका १४६ र दमक नगरपालिकाका ६ कित्ताका लागि मूल्य तोकिनेछ। आयोगले यसअघि सुरु गरेका तर अपूरा रहेका कामहरूलाई निष्कर्षमा पुर्‍याउने निर्णय पनि गरेको छ, जसअनुसार विभिन्न पालिकाका ३१ जना नयाँ निवेदक र अघिका १० जना निवेदकको प्रक्रिया अघि बढाइनेछ।

साथै, मेचिनगर–७ सतिघटामा पहिले नै पुर्जा वितरण भइसकेका ३५ भन्दा बढी परिवारको नक्सा अभावका कारण देखिएको समस्या समाधान गर्न स्थलगत नाप नक्सा गरी ७ दिने सूचना प्रकाशन गरिने भएको छ। जिल्ला समितिका अध्यक्ष मदन अधिकारीले निर्णयहरूको कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काम अघि बढाउने जानकारी दिएका छन्। उनका अनुसार सबै प्रक्रियागत चरणहरू पूरा गरी निर्धारित मिति भित्रै पुर्जा वितरण गरिने लक्ष्य लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *