झापामा आईतवारदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाईने

बुद्धशान्ति(झापा) – झापामा ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई भोलि फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाईने भएको छ ।

सरकारले फागुन २३ गतेदेखि कोभिड –१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएसंगै झापामा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड –१९ विरुद्धको खोप लगाईने भएको हो ।

EPIC EPIC EPIC

झापाका ६५ बर्ष उमेर समूहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताएका छन् ।

भोली २३ गतेदेखि २७ गतेसम्म पहिलो समूहमा झापाको बुद्धशान्ति, भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, हल्दिबारी र कचनकवलका विभिन्न खोप केन्द्रमार्फत ३४ हजार ४ सय ५६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै आगामी चैत १ देखि ५ गतेसम्म झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोपकेन्द्रहरुबाट २४ हजार ५७ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको चम्लागाईको भनाई छ ।

यस्तो छ बुद्धशान्तिको खोप तालिका

यता बुद्धशान्ति गाउँपालिकाले ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई भोलि देखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउने सबै तयारी पूरा गरेको छ ।

खोप अभियानलाई सफल बनाउनका लागि स्थानीय, वडा, स्वास्थ्य स्वयम सेविका, सरोकारवाला तथा वडास्तरीय खोप समन्य समितिसंग छलफल तथा अभिमुखीकरण सकिएसंगै खोप लगाउने कार्यक्रम तयारी पुरा भएको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् ।

उनले यसअघि बुद्धशान्तिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा सन्चारकर्मी गरि १ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएको समेत बताए ।

बुद्धशान्ति गाउँपालिकामा दुईवटा केन्द्रबाट २ हजार ९ सय ३५ जनालाई खोप लगाउने लक्ष्य राखिएको बुद्धशान्ति अस्पतालका इन्चार्ज धिरेन यादवले बताएका छन् ।

उनले साविक बुधबारेका स्थानीयलाई बुद्धशान्ति अस्पताल/ पुरानो हेल्थपोस्ट भवनमा र साबिक शान्तिनगरका स्थानीयलाई शान्तिनगर स्वास्थ चौकीमा खोप लगाउन सकिने बताएका छन् । खोप लगाउन आउने व्यक्तिले अनिवार्य परिचयपत्र खुल्ने कागज ल्याउनुपर्ने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *