झापामा आज बिहान ६ देखि ११ बजेसम्म कर्फ्यू खुकुलो

झापा। झापा जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेश अझै निरन्तर गर्ने भएको छ। गत भाद्र २३ र २४ गते Gen Z नेतृत्वको आन्दोलनपछि जारी गरिएको कर्फ्यू आज (भाद्र २८ गते) बिहान ६ बजेसम्म मात्र कायम हुने भनिए पनि अवस्था सामान्य नहुँदा पुनः आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार आज बिहान ६ बजेदेखि ११ बजेसम्म अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि कर्फ्यू खुकुलो गरिनेछ। यस अवधिमा पनि भिडभाड नगरी आवश्यक परे मात्र घर बाहिर निस्कन अनुरोध गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यस्तै, आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म पुनः कर्फ्यू कडाइका साथ लागू हुनेछ। यस अवधिमा घर बाहिर निस्कन प्रतिबन्धित रहनेछ भने जरुरी अवस्थामा मात्र सुरक्षा निकायबाट अनुमति लिएर बाहिर निस्कन पाइनेछ।

बेलुकी ५ बजेदेखि ७ बजेसम्म पुनः अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यू खुकुलो गरिनेछ। तर, सो समयपछि बेलुकी ७ बजेदेखि भाद्र २९ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यू आदेश लागू हुने प्रशासनले जनाएको छ।

कर्फ्यू अवधिमा एम्बुलेन्स, शबबाहन, दमकल, रेडक्रस, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दुध, पानी, तरकारी बोकेका सवारीसाधन तथा विद्युत/दूरसञ्चार सेवाका सवारीसाधन सञ्चालनमा रोक नलाग्ने प्रशासनले स्पष्ट पारेको छ। त्यस्तै, परिचयपत्र भएको सञ्चारकर्मीका सवारीसाधन पनि सञ्चालनमा बाधा नपर्ने बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *