झापामा एकमात्र ४ जिपीए प्राप्त गर्ने कुशिका

मेचीनगर। एसईई परीक्षा २०८० मा झापा दमककी कुशिका बस्नेतले ४ जिपीए प्राप्त गरेकी छिन् । 

दमक नगरपालिकास्थित सिद्धार्थ बोर्डिङ स्कूलकी छात्रा बस्नेतले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापा परीक्षा शाखाका कर्मचारी ओमप्रकाश राईले बताए । 

EPIC EPIC EPIC EPIC EPIC

राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र परिक्षार्थी रहेकी छिन् । 

झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् । 

झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने छन् ।

करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
13
+1
2
+1
10
+1
1
+1
1
+1
4
+1
2
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *