झापामा एसईई परिक्षाको तयारी पूरा, परिक्षा दिनेमा सबैभन्दा बढी हिमालय माविबाट

image search 1680065800301

झापा, चैत १५ । झापामा शुक्रबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ । 

जिल्लामा यस बर्षको एसईई परीक्षामा १५ हजार ८ सय ५८ परीक्षार्थी सहभागी हुँदैछन् भने ५६ वटा परिक्षाकेन्द तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिश्वकर्माका अनुसार जिल्लाभरबाट यस बर्ष परिक्षा दिने परीक्षार्थीलाई तिनवटा धारमा विभाजन गरिएको छ । 

EPIC EPIC EPIC

नियमीत तर्फ, प्राविधिक तर्फ र ग्रेडवृद्धी तर्फ गरी तिन धारमा विभाजन गरिएको उहाँले जानकारी दिनुभयो । जसमा नियमीत तर्फ ७ हजार ६ सय ७२ छात्रा र ७ हजार ५४ छात्रा गरी १४ हजार ७ सय २६ जनाले परीक्षा लेख्दैछन् ।

यसैगरी प्राविधिक तर्फ २ सय ४६ जना छात्रा र ३ सय ५४ छात्रा गरी ५ सय ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडवृद्धी तर्फ पनि ३ सय १३ छात्रा र २ सय २० छात्रा गरी ५ सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । इकाइका प्रमुख बिश्वकर्माका अनुसार जिल्लामा यस बर्ष तिन जना दृष्टिविहिन विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने संस्कृत विधा तर्फबाट ४७ जनाले परिक्षा लेख्दैछन् । 

‘जिल्लामा ५६ केन्द्र तोकिएकोमा दमक स्थित हिमालय मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै परीक्षार्थी सामेल हुदैछन् ।’ पालिका सन्देशलाई जानकारी दिँदै उहाँले भन्नुभयो ‘सबै भन्दा थोरै भने महेन्द्ररत्न मावि, कमल २ परीक्षा केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् ।’

उहाँका अनुसार ५६ वटै परीक्षाकेन्द्रमा केन्द्राध्यक्ष तोकिसकिएको छ भने एक सय चार जना सहायक केन्द्राध्यक्ष र ७ सय ९७ जना परीक्षा निरिक्षक तोकिएको छ । ‘परीक्षाको सम्पुर्ण तयारी भइसक्यो अब परीक्षा शुरु हुन मात्रै बाँकी छ, सबै परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइसकिएको छ ।’ उहाँले भन्नुभयो ‘ शुक्रबार विहान ८ बजेबाट परिक्षा शुरु हुनेछ ।’

उहाँका अनुसार एक सय २६ सामुदायीक तथा दुई सय ३९ संस्थागत विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *