Search
Close this search box.
Search
Close this search box.

झापामा कन्डक्टरले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा। कन्डक्टरले चलाएको बसले हिजो साँझ झापाको कन्काईमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेका छन् ।

साँझ अन्दाजी ७ बजेको समयमा कन्काई २ स्थित पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

EPIC

दुर्घटनामा परी मोटरसाइकल चालक सुब्बा घाइते भएका थिए । तत्काल पहिचान नखुलेका घाइतेलाई बीएण्डसी हस्पिटल ल्याइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४ः३० बजे बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा बस चालक ईलाम माई नगरपालिका ८ का अन्दाजी वर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसंग छलफल गर्न बसेका थिए ।

सोही स्थानबाट बसका कन्डक्टर शिवसताक्षी ६ का २७ वर्षीय पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटना गराउने सिटौला फरार रहेका छन् ।

बसका चालक राई र सहचालक विराटनगर २ का दिपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *